आकाशतिर फर्केर नथुक प्रचण्ड, थुक तिम्रै मुखमा पर्नेछः बस्नेत
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचनमा नेकपाका कार्यकर्ता तथा जनताले धोती लगाएर विदा गर्ने चेतावनी दिएका छन् ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसाशनको कारवाही गर्ने विज्ञप्ती जारी गरेसँगै पूर्वमन्त्री बस्नेतले लोभी पापीको आड लिएर घरको ढुकुटी चोरेर कब्जा गर्न खोज्दा सावधानी अपनाउने घरमुलीलाई नै घरबाट निकाल्ने जस्तो नौंटंकी प्रचण्ड गुटको षड्यन्त्र रहेको बताए ।
केपी ओलीले कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० वर्ष पछि मात्र प्रचण्डले सदस्यता लिएको उल्लेख गर्दै उनले निर्वाचनपछि प्रचण्डको हैसियत आम नेपाली जनताले प्रष्ट रुपमा देख्ने चेतावनी दिए । कारवाही गर्ने प्रचण्डले अबका दिनको यात्रालाई बुझ्दै जान चेतावनी दिँदै उनले कारवाही प्रचण्डले गर्ने की प्रचण्डलाई गर्ने समयले तत्काल बताउने चेतावनी दिए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घरमा पाउना लाग्न आएका ब्यक्तिले छोरा छोरी मध्यको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा सावधानी गरे बापत घरमुलीलाई घरबाट निकालेको जास्तै नौ टंकी हो यो कथित स्थायी कमिटी रुपि प्रचण्ड गुटको षड्यन्त्र । केपी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० बर्ष पछाडि राजनीतिमा लागेका प्रचण्डले पूर्वएमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कार्बाही रे १ बिश्वको सबैभन्दा ठूलो प्रहसन मंचन हुँदैछ । चार्ली चाप्लिङ्ग माथ खाने भए अब । आउँदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौंला । कार्बाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला । अनि कार्बाही कसले कसलाई गर्छ समयले बताउने छ । आकाश तिर फर्केर थुक्दैछौ थुक तिम्रै मुखमा पर्नेछ । तिम्रा कथित स्थायी र केन्द्रीय कमिटी रोपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइदिनेछन् ।’
प्रतिक्रिया