प्रधानमन्त्रीविरुद्धको विरोधसभामा भक्तपुरका विभिन्न स्थानबाट उर्लिए कांग्रेसी
भक्तपुर । प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस भक्तपुर संघीय दुईवटै क्षेत्रले ब्यापक विरोध प्रदर्शनसहित सभा आयोजना गर्यो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको कदमको विरुद्धमा उनकै गृह जिल्लामा कांग्रेस सभापति नै सहभागी भएका थिए ।
भक्तपुर क्षेत्र नम्बर १ कार्यसमितिले कमलविनायक भत्केको पाटीबाट विशाल र्यालीसहित भक्तपुर नगरपालिका भवन अगाडि ब्यासि चोकमा जिबन खत्रीको सभापतित्वमा बिरोध सभा गर्यो । महासमिति सदस्य बाबुराजा जोशी, बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका उपप्रमुख माननीय कृष्णलाल भडेललगायत नेताले सम्बोधन गरेका थिए ।
क्षेत्र नम्बर २ कार्यसमितिले राधेराधे चोकबाट र्याली सहित शंखधर चोकमा नारायणभक्त खायमलिको सभापतित्वमा सभा आयोजना गर्यो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रमुख वक्ता शेरबहादुर देउवाले कांग्रेस जिम्मेवार पार्टी भएकोले अदालतको निर्णयलाई सम्मान गर्ने र सरकारको गलत प्रविधिका कारण यस्तो कोरोनाको महामारीको वेला पनि बिरोध प्रदर्शनमा आउन बाध्य भएको बताए ।
उक्त अवसरमा केन्द्रिय आमन्त्रित सदस्य रमा पौडेल, भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधर, पुर्ब मेयर मदनकृष्ण श्रेष्ठ लगायत नेताहरुले सम्बोधन गर्नु भएको उक्त सभामा सम्पुर्ण सहभागीलाई मध्यपुर थिमिका नगर सभापति सुरेन्द्र श्रेष्ठले स्वागत गरेका थिए ।
संसद विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरुद्ध र लोकतान्त्रिक संविधानको पक्षमा र्यालीका सहभागी नेता तथा कार्यकर्ताले सरकार बिरोधि विभिन्न नारा लगाएका थिए । तरुण दल तथा महिला संघ भक्तपुरका नेता तथा कार्यकर्ता लगायत नेपाली कांग्रेसको विभिन्न तहमा नेतृत्वदायी भुमिका निर्वाह गरेका नेता साथीहरुको समेत उल्लेखनीय सहभागी थियो ।
प्रतिक्रिया