सांसद बस्नेतमाथि अभद्र टिप्पणी गर्ने पूर्वप्रहरी पक्राउ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले सांसद बस्नेतलाई सामाजिक सञ्जालमा गाली, गलौज र अभद्र टिप्पणी गर्ने डिल्लीबहादुर चन्दलाई पक्राउ गरेको छ ।
पूर्व प्रहरी समेत रहेका चन्दलाई ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरेर नेपालगञ्जबाट चन्दलाई पक्राउ गरेको जनाइएको छ ।
चन्दविरुद्ध विद्युतीय अपराध ऐन अनुसार कारबाहीका लागि कानुन व्यवसायीमार्फत जाहेरी परेपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।
प्रतिक्रिया