‘म्युजिक भिडियो अवार्ड’को मनोनयनमा सार्वजनिक

nepali-music-video-award

काठमाडौं । चौथो श्रृंखलाको ‘नेपाली म्युजिक भिडियो अवार्ड’को मनोनयन सार्वजनिक गरिएको छ । हङकङमा आयोजना हुन लागेको अवार्डको मनोनयन सूची सार्वजनिक गरिएको हो । यसअघि, दुबइमा २ पटक र मलेसियामा एक पटक अवार्ड आयोजना भएको थियो । यो अवार्डको उत्कृष्ट ५ मनोनयनमा परेका कलाकर्मीलाई शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको अवार्डमा ४१ विधा समावेश गरिएको छ । जसमा राष्ट्रिय भावनाका गीत, आधुनिक, लोक, पप, नेपाल भाषा र डायस्पोरा विधा समावेश छन् ।

यो अवार्डको हङकङ आयोजना एभरेष्ट इन्टरनेशनल ट्रेडिङ कम्पनीले गर्दैछ । शनिबार आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा संगीतकार शम्भुजित बा“स्कोटालाई ‘फादर अफ म्युजिक भिडियो’बाट सम्मान गरिने संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले जानकारी दिए । यस्तै, गायक सिताराम पोख्रेललाई ‘ट्रेन्ड सेटर्स अवार्ड’ प्रदान गरिने कार्यक्रममा जानकारी दिइएको छ ।

यो अवार्ड आयोजनामा बक्स अफिस ग्रुपले पनि सहकार्य गरेको छ । मनोनयन सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा नायिका करिश्मा मानन्धर र चलचित्रकर्मी उद्धव पौडेल उपस्थित थिए । उनीहरूले मनोनयमा परेका कलाकर्मीलाई प्रमाणपत्र वितरण गरे । कार्यक्रममा विशिष्ट अतिथीको रूपमा संगीतकार शम्भुजित बा“स्कोटा उपस्थित थिए ।

कार्यक्रममा नेपाली म्यूजिक भिडियो क्षेत्रका कलाकार, निर्माता, निर्देशक, छायांकरहरूको उल्लेख्य उपस्थिती थियो । मोडलहरु पल शाह, आकाश श्रेष्ठ, सुधिर श्रेष्ठ, दुर्गेस थापा, पूजा शर्मा, वर्षा सिवाकोटी, मलिका महत्त, रियाशा दाहाल, गरिमा शर्मालगायत कार्यक्रममा पुगेका थिए । यस्तै, गायिका देविका बन्दना, प्रश्ना शाक्यलगायत पनि कार्यक्रममा उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित