बंगलादेश जानुअघि राष्ट्रपतिले बाेलाइन् सवर्दलीय बैठक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।
राष्ट्रपतिको चैतको दोस्रो साता बंगलादेश भ्रमणअघि राष्ट्रपति कार्यालयले मंगलबारको लागि सर्वदलीय बैठक बोलाएको हो ।
मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढकालले जानकारी दिए ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया