झापाबाट बेश्यावृत्तिमा लगाउने २ महिला पक्राउ, ८ महिलाको उद्धार

jhapa

झापा । दमक नगरपालिकास्थित एक घरबाट युवती तथा महिलालाई जम्मा गराई बेश्यावृत्तिमा लगाउने दुई महिना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको एक टोलीले विशेष सूचनाका आधारमा कोठा भाडामा लिई वेश्यावृत्तिमा लगाउँदै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बूलाई पक्राउ गरेको हो ।

उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत उद्धार गरेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

प्रतिक्रिया

सम्बन्धित