बढ्यो कोरोनाः एकैदिन १२८१ संक्रमित थपिए, ८ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना संक्रमित कोरोना मुक्त भएकोजनाएको छ ।
योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २८५९०० पुगेको छ भने निको हुनेको संख्या २७५५५५ पुगेको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।
प्रतिक्रिया