एमाले नेतामा जिम्मेवारी हेरफेर, बस्नेतलाई युवा संघ साथै खेलकुद महासंघको इन्चार्जसिप
काठमाडौँ । नेकपा एमाले १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई पार्टीले थप जिम्मेवारी दिएको छ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार वालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले नेता बस्नेतलाई नेपाल खेलकुद महासंघको इन्चार्जको समेत जिम्मेवारी दिएको छ । उनी राष्ट्रिय युवा संघ नेपालको समेत इन्चार्ज हुन् ।
खेलकुद क्षेत्रलाई माया गर्ने मात्र नभई नेता बस्नेत विकास र समृद्धिको धरोहरको साथ साथै १८÷१९ वर्ष अगाडी राष्ट्रिय खेलाडीको रुपमा समेत रहेका थिए । युवा जोस जाँगरको साथमा खेलकुद क्षेत्रको महत्वपूर्ण अनुभवहरु समेत रहेको छ ।
नेपाली युवाहरुको रहरलाग्दो, भरलाग्दो तथा आवश्यकता अनुसार डरलाग्दो नेतृत्व गरी स्थापीत नेता बस्नेतलाई पार्टीले थप खेलकुद महासंघको इन्चार्ज समेत बनाएकोमा नेपाली युवा तथा आम खेलकुद क्षेत्रमा आवद्ध रहेका खेलाडी तथा पदाधिकारीले समेत खुसी व्यक्त गर्दै नेपाली खेलकुद क्षेत्रले थप उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया