एकैदिन २६१९ संक्रमित थपिए, १४ जनाको मृत्यु, लकडाउन गर्न सरकारलाई सिफारिस
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २४८६ र एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या अत्याधिक मात्रामा बढ्न थालेको छ । जसका कारण सीसीएमसीले सरकारलाई वैशाखभरका लागि लकडाउन गर्नका लागि सुझाव दिएको जनाइएको छ । सो सम्बन्धमा प्रधानमन्त्री ओलीले आज साँझ सम्ममा कुनै निर्णय गर्ने अनुमान लगाइएको छ ।
प्रतिक्रिया