अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान ओमानतर्फ, आजै आइपुग्ने भयो ६ सय सिलिण्डर

Nepal Airlines

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइड बडी जहाज आज ओमान प्रस्थान गरेको छ ।

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको हो।

शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए ।

बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने छ र शनिबार साँझ नै चीनको बेईजिङको लागि उडान भर्ने छ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित