ती को–को सांसद हुन् जसले गरे देउवा र ओली दुवैलाई समर्थन ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको समयसीमाभित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आ–आप्mनो दाबी प्रस्तुत गरेको जनाइएको छ ।
बहुमत सदस्यको हस्ताक्षर लिएर शितल निवास पुगेका शेरबहादुर देउवाको समर्थनमा १४९ सांसद रहेको जनाइएको छ भने त्यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ५३ जनाको हस्ताक्षरसहित दाबी पेश गरेको जनाइएको छ ।
देउवाभन्दा अगाडि नै र देउवाको भन्दा धेरै सांसदहरुको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेकोले वर्तमान केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने सम्भावना बढी देखिएको छ । तर यी घटनासँगै विभिन्न प्रश्नहरु खडा भएका छन् । सरकार गठनका लागि १ सय ३६ जनाको हस्ताक्षर आवश्यक पर्नेमा दुवैजनाले सो भन्दा धेरै हस्ताक्षरसहित बुझाएको जनाइएको छ ।
ओलीको समर्र्थनमा एमाले १२१ र जसपाका ३२ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेको जनाइएको छ भने देउवाको पक्षमा एमालेका २७ जना र जसपाका १३ जनाले पनि हस्ताक्षर गरेको जनाइएको छ । देउवा र ओलीले बुझाएको हस्ताक्षरमा कुन–कुन सांसदहरुको हस्ताक्षर दुवै ठाउँमा रहेका छ त्यसबारेमा स्पष्ट हुन सकेको छैन ।
ओलीले संसदीय दलको नेताको हिसाबले एमालेका सम्पूर्ण १२१ सांसदहरुलाई ह्वीप लगाउँदै आफ्नो पक्षमा पारेका हुनसक्ने छन् भने जसपाका ३२ जना सांसद पनि ह्वीपकै आधारमा आफ्नो समर्थनमा जुटाएको हुनसक्ने आंकलन गरिएको छ ।
त्यस्तै देउवालाई भने एमालेका माधव नेपालले आफू पक्षका २६ जना र जसपाका बाबुराम–उपेन्द्रका १२ जना सांसदले हस्ताक्षर गरेको अनुमान गरिएको छ ।
तर, एउटै सांसदले दुईजनालाई समर्थन गरेको पाइएमा त्यसको निक्र्योल भने राष्ट्रपति कार्यालयले टुंगो लगाउनुपर्ने ठानिएको छ ।
प्रतिक्रिया