तिब्बतबाट आईपुग्यो १ लाख डोज भ्याक्सिन

काठमाडौं । चीनको तिब्बतले दिने भनेको २ लाख खोप सहितको स्वास्थ्य सामाग्री काठमाडौं आईपुगेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले बताएकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सि जिनपिङसँगको टेलिफोन वार्तापछि चीनले उपलब्ध गराउने भनेको १० लाख डोज भ्याक्सिनमध्ये २ लाख तिब्बतले दिने जनाइएको थियो ।

चीनले प्रदान गर्ने ८ लाख डोज भ्याक्सिन पनि बेइजिङबाट काठमाडौं आइपुग्दैछ । तिब्बतबाट दिने भनिएको बाँकी २ लाख डोज भ्याक्सिनमध्ये पहिलो चरणमा १ लाख थान भ्याक्सिन आज काठमाडौं आइपुगेको यान्कीले जनाइन् ।

Image

Image

Image

 

 

प्रतिक्रिया

सम्बन्धित