नेपालमा कोरोनाबाट ज्यान गुमाउने ७७९९ पुगे, पछिल्लो २४ घन्टामा ६८ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।
यसअघि शुक्रबार १ सय १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।
नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको भने ८ हजार २४३ निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया