यसकारण २ दिनमै रोकियो महानगरको खोप कार्यक्रम
काठमाडौं। काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ ।
गएको मङ्गलवारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुने भएको हो ।
काठमाडौँ महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि चलिरहेकाे कार्यक्रम बाध्य भएर रोक्नुपरेको हो ।
नेपाल सरकारलाई गएको हप्ता चीनले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई लगाउने कार्यक्रम बनाएको थियो । महानगरले बिहीवार (हिजाे) सम्म झन्डै २८ हजार जनालाई खोप लगाइएको बताएको छ ।
प्रतिक्रिया