सर्वदलीय बैठकपछि निस्किए सभामुख, अन्य नेता छलफलमै व्यस्त

sarbadaliye

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। बैठक सकेर सभामुख सापकोटा बाहिरिएका छन्। तर विपक्षी नेताहरू भने बेग्लै छलफलमा जुटेका छन्।

संसद् विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न सभामुखले बैठक डाकेर छलफल गरेका थिए। बैठकबाट निस्केका सभामुखले पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन्।

सभामुखसँगको बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबिच छलफल चलिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित