निर्धक्क भएर निर्वाचनमा सहभागी हुन प्रचण्डको अपिल

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण रुपमा भयरहित तवरबाट निर्वाचनमा भाग लिन आम देशवासीलाई आह्वान गरेका छन् । चितवनको शिवनगरस्थित आफ्नै निवासमा प्रचण्डले आज साँझ  कुराकानी गर्दै यो निर्वाचनमा संयमतापूर्वक आफ्नो अभिमत जाहेर गरेर निर्वाचनलाई सफल बनाउन आग्रह गरेका हुन । अध्यक्ष प्रचण्डले निर्धक्क भएर निर्वाचनमा सहभागी हुन अपिल पनि गरेका छन् ।

संविधान कार्यान्वयन गर्दै स्थिर सरकार र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन महत्वपूर्ण भएको भन्दै अध्यक्ष दाहालले उत्साहपूर्वक मतदानमा सहभागी भई निर्वाचनलाई पर्वका रुपमा सम्पन्न गर्न बुबाआमा, दाजुभाई दिदीबहिनी तथा देशवासीहरुमा अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित