उपत्यकामा थपियो १० दिन निषेधाज्ञा, सार्वजनिक सवारीलाई उपत्यका प्रवेशमा थप सहजता
काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार सो निर्णय गरेका हुन् ।
काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेका छन् ।
आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बैठकले निर्णय गरेको छ ।
भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ ।
प्रतिक्रिया