मन्त्रालयद्वारा हरेक प्रदेशलाई १ हजार सिलिण्डर अक्सिजन मौज्दात राख्न निर्देशन

Health Ministry

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको दरमा कमी नआएपछि तेस्रो लहर आउन सक्ने अनुमान गर्दै प्रदेश सरकारहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका बाबजुत कोभिड— १९ को संक्रमण दरमा कमि नआएको र विगतका दिनहरुमा जस्तै संकमणको दर तिव्र रुपमा बढ्न गई पुनः अर्को लहर आउनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तिमा १००० वटा अक्सिजन सिलिन्डरको व्यवस्थापन गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

साथै मौजुदा सिलिन्डरहरु पनि खालि नराख्न तथा पिएसए प्लान्ट, अक्सिजन ट्याङक र अक्सिजन कन्सन्ट्रेटर चालु अवस्थामा राख्न पनि मन्त्रालयले भनेको छ । आज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सम्भावित तेस्रो लहरको पूर्वतयारीमा लाग्न स्वास्थ्यलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले आगामी असोज १५ देखि मंसिर महिनासम्म तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । हालको संक्रमणको आधारमा आगामी पाँच महिनामा झण्डै २ लाख संक्रमित थपिने प्रक्षेपण मन्त्रालयले गरेको जानकारी समितिलाई दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित