मुख्यमन्त्रीमा आचार्य, आजै लिए सपथ
काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भिम आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नासाथ सपथ गराएका छन्।
विहीबार विहान शेरधन राईले एमाले संसदीय दलको नेताबाट राजीनामा गर्दै आचार्यलाई प्रस्ताव गरेका थिए। लगत्तै मुख्यमन्त्री पदबाट राजीनामा गरेका राईले मुख्यमन्त्रीमा आचार्यलाई नियुक्तिका लागि बाटो खुलाएका थिए।
एमाले एकता हुनासाथ आचार्यले मुख्यमन्त्रीको जिम्मेवारी पाएका हुन्। प्रदेशमा एमाले एकता जोगाउनका लागि पनि मुख्यमन्त्री परिवर्तन गरिएको हो।
प्रतिक्रिया