रहेनन् जनताका गायक जेबी टुहुरे

JB tuhureee

काठमाडौं । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निभन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।

टुहुरे गत मंगलबार फलफूल खान भान्सामा छिरेका थिए । एक्कासी भुइँमा लडेका टुहुरेलाई तुरुन्तै बयोधा अस्पताल पुर्याइएर उपचार प्रक्रिया सुरु गरिएको थियो । उनको एउटा हात र खुट्टा नचलेको थियो । त्यसपछि उपचारका लागि जाने तयारी गरिरहेकै अवस्थामा उनी एक्कासी लडेको उनकी छोरीले बताइन् ।

‘अस्पताल पुर्याउँदासम्म बोलिरहेका टुहुरेलाई मस्तिष्कघात स्ट्रोक भएर टाउकोमा रगत जमेको चिकित्सकले जनाएका थिए । उपचार प्रक्रिया जारी रहँदा उनको अहिले बिहान ११ बजेतिर निधन भएको जनाइएको छ ।

संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने जनाइएको छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित