सुदूर पश्चिमकी चेली मधुको ‘ब्यूटी ब्यूटी छ‘
काठमाडौं । गायिका मधु क्षेत्रीको लोक पप ‘ब्यूटी ब्यूटी छ’ गीत स्रोतारदर्शकमाझ आएको छ । मधुलाई स्वरमा मेक्सम खातीले साथ दिएका छन् । गीतलाई म्युजिक नेपालमार्फत यूट्यबमा सार्वजनिक गरिएको हो । क्रान्ति केसीले निर्देशन गरेको ‘ब्यूटी ब्यूटी छ’मा एसराज गहतराज र अनु शाहले अन स्क्रिन रोमान्स गरेका छन् ।
भिडियोको छायाँकन उत्सव दाहाले गरेका हुन् । मधुका यसअघि जवानी छल्कियो, आगो पा¥यो, परिती लगाउन जस्ता गीत दर्शकरस्रोताले अध्याधिक मन पराएका छन् । उनको छिट्टै आउँदै गरेको गीत सुदूर पश्चिम दुई अञ्चल जिल्ला ९ वटा‘ रहेको छ । यो गीतमा उनलाई मिलन लामाले स्वरमा साथ दिएका छन् ।
गत ७ वर्षदेखि नेपाली गीत, संगीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यस सम्बन्धि अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सुदूरपश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह सिंगाल र पदमादेवी सुंगलको कोखबाट जन्मेकी मधु सबै खाले गीत गाउँने गरेकी छन् ।
तर, उनको पहिचान भने लोकगीतमा रहेको छ । संगीतलाई दुःख सुःखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् । ‘दोहोरीमा अहिले फोहोरी भइरहेको छ, यो राम्रो होइन’, उनी भन्छिन् । देश र देश बाहिरका विभिन्न साङ्गीत कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै ब्यूटी ब्यूटी छ‘ले स्रोता÷दर्शकको औधी माया पाउने दाबी गर्छिन ।
प्रतिक्रिया