देशभर थप २००४ जनामा कोरोना पुष्टी, १८४६ कोरोनामुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २००४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका परिक्षण केन्द्रहरुमा गरिएको १४ हजार ६ सय ५० परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार ८४६ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ७ सयजनाको मृत्यु भएको छ ।
प्रतिक्रिया