देशभर थप ९९४ संक्रमित, १३६८ कोरोनामुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ९ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका परिक्षण केन्द्रमा गरिएको ९ हजार ८४० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा १३३८ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म ७ लाख ३८ हजार ३४ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ३६ जना पुगेका छन् । नेपालमा अहिले २७ हजार ३ सय ५५ जना सक्रि संक्रमित रहेका छन् ।
प्रतिक्रिया