दसैंका लागि अग्रीम टिकट खुलाउने तयारी
काठमाडौं । दसैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले तयारी सुरु गरेको छ।
अग्रिम टिकट खुलाउनेबारे यातायात व्यवसायीसँग छलफल भइरहेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए। केही दिनमै अग्रिम टिकट बुकिङ खुला गर्ने मितिबारे निर्णय हुने उनले बताए ।
यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल भइसकेको बताउँदै उनले अब छिट्टै दोस्रो चरणको छलफल हुने जानकारी दिए। ‘दोस्रो चरणको छलफलमा यातायात व्यवसायीले तयारी गरेर आउनुहुन्छ र टिकट बुकिङबारे निर्णय हुन्छ,’ उनले भने, आगामी शुक्रबारसम्म बुकिङ सुरु हुने मिति टुङ्गो लगाउछौं।’
प्रतिक्रिया