कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्री नियुक्त

Dobate-Bishwakarma
पोखरा ।
गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सोमबार बिहान सांसद डोबाटेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

डोबाटेलाई मन्त्रीमा नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि तय गरिएको छ ।

कांग्रेस सांसद डोबाटे तनहुँका हुन् । डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ ।

प्रतिक्रिया

सम्बन्धित