‘बियोन्ड द क्लाउड्स’ बाट किन हटाइयो दीपिकालाई ?
काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले खेल्न लागेको फिल्म ‘बियोन्ड द क्लाउड्स’बाट हटाइएकी छन् । उनको ठाउँमा अब माल्भिका मोहननले अभिनय गर्ने छिन् । निर्माण पक्षले उनको ठाउँमा नयाँ अभिनेत्री माल्भिकालाई लिएको सूचना सार्वजनिक गरेपछि दीपिका फिल्मबाट बाहिरिएकी हुन् । दीपिका हटाएर नयाँ नायिकालाई लिइएपछि फिल्मले यतिबेला थप चर्चा पाएको छ । बलिउड छायाँकार केयू मोहननकी छोरी माल्भिकाले आफ्ना पिताका कारण यो फिल्म पाएको बताइएकी छिन् । फिल्ममा नायिकाको भूमिका सशक्त भएकाले पनि छोरीलाई मोहननले यस फिल्मबाट अवसर दिएको पनि समाचारमा उल्लेख छ । फिल्मको निर्देशन पनि मजिदीले नै गरिरहेका छन् । यसलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत पठाउने गरी निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । इरानी निर्देशक माजिद मजिदीको यस फिल्मलाई भारतीय परिवेश र कथामा निर्माण गर्न लागिएको हो । – एजेन्सी
प्रतिक्रिया