राष्ट्रपति भण्डारीले गरिन् तीन प्रदेशमा नयाँ प्रमुखको नियुक्ति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–१ को प्रदेश प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन् ।
खापुङ, परियार र जोशीको नियुक्तिअघि राष्ट्रपति भण्डारीले तिनै प्रदेशका प्र्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले मंगलबार नै प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्दै नयाँ नियुक्ति गरेकी हुन् ।
प्रतिक्रिया