भक्तपुरको गट्ठाघरस्थित हनुमन्ते खोला नजिक शव फेला

RP

भक्तपुर । भक्तपुरको गट्ठाघरमा एक युवकको शव भेटिएको छ ।

गट्ठाघरबाट बालकोट जाने हनुमन्ते खोलाको फलामे पुल नजिकै स्थानीय राजु श्रेष्ठ (आरपी) को हत्या गरी फालिएको अवस्थामा शब भेटिएको स्थानीय समाजसेवी नरेश रञ्जीतले जनाए ।

अहिले घटनास्थलमा प्रहरी पुगीसकेको छ । शवको प्रकृति हेर्दा हत्या नै गरिएको जस्तो देखिएको पनि प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम गरिसकेपछि वास्तविकता पत्ता लाग्ने पनि प्रहरीले जनाएको छ ।

घटनाको प्रहरीले अनुसन्धान सुरू गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित