नेपालमा थप २८० संक्रमित, ६ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीकुमार अधिकारीका अनुसार पीसीआर परीक्षणबाट २५२ र एन्टिजेन परीक्षणबाट २८ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबारको मन्त्रालयका प्रेस ब्रिफिङमा डा. अधिकारीले दिएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ९९४ कोरोना परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ९ हजार २१२ र २ हजार ७८२ एन्टिजेन परीक्षण भएको छ ।
२४ घण्टामा ३०० जना कोरोनामुक्त भएका छन् । ६ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिएका हुन् ।
प्रतिक्रिया