म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा

Rajendra-Thapa_Ram-Prasad-Khanal_bidur-Giri_hemanta-Sharma_Sita-Thapa_Raju-Dhakal_Safalata-Shrestha

काठमाडौं । गीतकार राजेन्द्र थापालाई नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ मा ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । म्युजिक खबर डटकमले आयोजनागर्न लागेको कार्यक्रममा ‘पोहोर साल खुशी फाट्दा...’, ‘पर लैजाउफूलहरू...’, ‘क्या दामी...’, ‘याद गर्न पनि...’, ‘गाला रातै...’, ‘पहिलोनम्बर...’लगायतका गीतका रचनाकार थापालाई दीर्घ साधना सम्मान प्रदान गर्नलागिएको हो ।

आयोजकले गायक रामप्रसाद खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान’, पत्रकार विदुर गिरीलाई ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’, गायकहेमन्त शर्मा र गायिका सीता थापालाई ‘यूजिक खबर दशकको स्रष्टा सम्मान’ प्रदान गर्ने भएको छ ।

यसैगरी गायक राजु ढकाललाई ‘युवा प्रतिभा संगीत सम्मान’, गायिका सफलताश्रेष्ठलाई ‘बाल प्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गरिने आयोजकले जनाएकाछन् । पुरस्कार र सम्मान निकट भविष्यमै काठमाडौंमा आयोजना हुने आयोजकलेजनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित