यी हुन् एउटी महिलालाई ३ गेष्टहाउसमा लगेर बलात्कार गर्ने ९ बलात्कारीहरू
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार घटनाका नौ जना आरोपीलाई पक्राउ गरेको छ ।
सोमबार साँझदेखि मंगलबार बिहानसम्म दाङबाट राजधानी आएकी ३४ वर्षिया महिलालाई मित्रनगरका विभिन्न गेष्ट हाउसमा लगेर बलात्कार भएको थियो । काठमाडौं परिसरका एसएसपी सुदीप गिरीसहितको प्रहरीटोलीले फिल्डमै खटिएर आरोपीलाई पक्राउ गर्न सफल भएको हो । उनीहरूले मित्रनगर क्षेत्रका विभिन्न ३ गेष्टहाउसमा लगेर बलात्कार गरेको पुष्टी भएको छ ।
पीडितको बयानबाट घटनाको बारेमा सूचना सङ्कलन गरी सिसिटिभि फुटेज रप्राविधिक बिश्लेीषण लगायतको आधारमा थप अनुसन्धान गरी घटनामा संलग्न रहेकासात जना मंगलबार र थप दुई जना बुधबार पक्राउ गरिएको काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीले बताए ।
पक्राउ पर्नेहरु अधिकांश विदेश जान भनेर गेष्ट हाउसमा बसेका थिए । सबैलेघटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ। प्रहरीले पीडित महिला‘परिवर्तित नाम महाराजगञ्ज ३०७’ को हालको अवस्था सामान्य रहेको जनाएको छ ।
यी हुन सामूहिक बलात्कार काण्डमा पक्राउ पर्नेहरु
१) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३को हिक्मत नेपाली,
२) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २२ को रतन नेपाली,
३) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ६ लिउडी घर भई वर्ष २१ सुरेश सेज्वाल,
४) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० रोभा वर्ष १९को दिपक नेपाली
५) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३ को शिवहरि वुढा,
६) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २४ को युवराज वढुवाल
७) अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं १२ घर वताउने जिल्ला कपिलवस्तु वुद्दभुमी वस्ने ४३ को गोपाल कुमार शिरिष ।
८) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० वस्ने वर्ष २५/२६ को हस्त नेपाली
९) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ११ झाकोट घर भई वर्ष २४ को चन्द्र साउद
प्रतिक्रिया