चाँगुनारायणको दशौँ नगरसभा सुरु, सवा ६ करोड राजस्व संकलन
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले दशौँ नगरसभा सुरु गरेको छ । पालिकाले आइतबार वडा नम्बर ७ स्थित तपादम्फोको बहुउद्देश्यीय सभाहलमा नगरसभा सुरुगरेको हो ।
उपमेयर विना बास्तोलाले चालू आर्थिक वर्ष २०७८-७९ को समीक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गरिन् । उनले चालू आवमा नगरपालिकाको कूल १ अर्ब ९०करोड ६४ लाख ८४ हजार २५४ रुपैयाँ विनियोजन भएको जानकारी दिइन्।
यस अवधिमा २८ करोड ८४ लाख ५ हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ६ करोड ९६ लाख संकलन भएकाे उनले बताइन् ।
सभामा उनले नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मेयर उद्यमशीलता विकास कार्यक्रममा हालसम्म ७३ जना सहभागी भई सहुलियतपूर्ण ऋण लिएको र २७जना कर्जा प्राप्तिका लागि अन्तिम चरणमा पुगेको बताइन् ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत् १२ जना महिलाहरुलाई ५ दिने आधारभूत साबुन बनाउने तालिम, १८ महिलालाई अचार बनाउने तालिम दिइएको उल्लेख गर्दै बास्तोलाले भौतिक पूर्वाधार विकास अन्तर्गत कूल ४८६ वटा योजना रहेकोमा १५७ वटा योजना गत आर्थिक वर्षबाट दायित्व सरेर आएको बताइन्।
उनले चालू आर्थिक वर्षमा २० लाख भन्दा बढीका ३९ वटा योजनाको ठेक्का आह्वान हुनुपर्नेमा २३ वटा योजनाको ठेक्का सम्झौता भएको उल्लेख गरिन् ।उनले उपमेयरसँग महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत मखमली जुत्ता बनाउने तालिम, कम्प्युटर तालिम, आधारभूत मन्टेश्वरी तालिम र एडभान्स मन्टेश्वरी तालिम सम्पन्न भएको जानकारी दिँदै सिलाई, कटाए तालिम र बेतबाँसको सामग्री तालिम चालू रहेको उल्लेख गरिन् ।
बालमैत्री स्थानीय शासनअन्तर्गत नीतिगत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखकीरण, बालमैत्री वडा सहजकर्ताहरुको नियुक्ति, बालमैलै सहजकर्ताहरुलाई क्षमता विकास प्रशिक्षण भएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा र दिगोपनाका लागि २६२ वटाबाल समूह गठन, १० वटा बाल सञ्जाल गठन भएको जनाइन् ।
उनका अनुसार नगरपालिकाको ९ वटै वडामा बालमैत्री कक्ष व्यवस्थापन गरी ३००सार्वजनिक स्थालमा बालमैत्री आचारसंहिता, सावधान बोर्ड, बालश्रमविरुद्धकोपम्प्लेट राखिएका छन् । सो कार्यक्रमका लागि ९८ लाख रुपैयाँ विनियोजनभएकोमा हालसम्म २२ लाख ६८ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ ।
मेयर सोमप्रसाद मिश्रले आफ्नो कार्यकालमा विकास निर्माणको कार्यमा सबैराजनीतिक दलका जनप्रतिनिधिले साथ दिएको र विकास निर्माण कार्य सहयोग गरेकोबताए । उनले अबको बाँकी कार्यकालमा पनि सबै जनप्रतिनिधीले सोही अनुरुपसहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले नगरबासीलाई हालसम्म ९५ हजार २४ जना कोभिडविरुद खोप लगाएको र खोपलगाउने उमेर समूहका सबै नागरिकलाई आगामी माघ मसान्तसम्म कोभिडविरुद्धकोभ्याक्सिन लगाउने लक्ष्य रहेको बताए ।
प्रतिक्रिया