चुनावसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउछौँ : महामन्त्री थापा

Gagan Thapa

अर्घाखाँची। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गरेका छन् ।

कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामाथापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै सुरु भएकोसमेत बताए । ‘आज मात्र पाँच सयजना कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ,’ नेता थापाले भने, ‘अब १४ लाख ९९ हजार पाँच सय जनालाई पार्टी प्रवेशगराउँनुछ । त्यो पनि ७–८ महिनामा ।’

नेता थापाले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा एक जना नयाँ व्यक्तिलाईपार्टी प्रवेश गराउन सके यो लक्ष्य सजिलै पूरा हुने बताए । कार्यक्रममाफर्कनासाथ यो अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित