कोशी अञ्चल अस्पतालका ४६ जनामा कोरोना पुष्टी

Koshi

विराटनगर । कोशी अञ्चल अस्पतालका ४६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

२५ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासका अनुसार मंगलबारसम्म अस्पतालमा कार्यरत ४६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

डाक्टर दासका अनुसार ८ डाक्टर, १७ जना नर्स, परामेडिक्स, एक्स–रे, ल्याबका प्राविधिक, सफाइ कर्मचारीलगायत गरी ४६ जनालाई संक्रमण देखिएको हो ।

संक्रमित मध्ये ४२ जना होम आइसोलेसनमा छन् । चार जना भने काममा फर्किएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित