महाभियाेग मुख्य एजेण्डा बनाउँदै कांग्रेस संसदीय दल बैठक बस्दै

Congress-samsadiya-dal

काठमाडाैं । सत्तासीन नेपाली कांग्रेसकाे संसदीय दलको बैठक आज मंगलबार बस्दैछ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

आजकाे बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएकाे महाभियाेग प्रस्तावकाे समीक्षा र आगामी रणनीति रहेकाे छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन् ।

गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाभियाेग दर्ता भएकाे भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुद्ध छ । 

एमाले संसदीय दलकाे बैठक साेमबार बसेकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित