यस्तो छ आजको सम्भावित माैसम, पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना

mausam_fani

काठमाडाैं । मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । 

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाकाे आँकलन छ । साेही प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

प्रतिक्रिया

सम्बन्धित