रुस-युक्रेन युद्धः रुसका पाँच जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाको दाबी

uuuu

 

किभ–पूर्वी युक्रेनमा पाँच ओटारुसी जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । ‘संयुक्त फौज कमान्डअनुसार आज २४ फेब्रुवरीमा संयुक्त फौज कारबाहीको क्षेत्रमा आक्रमणकारीको पाँच जहाज र एउटा हेलिकोप्टर गोली हानेर खसालिएको छ,’ युक्रेनी सेनाले भनेको छ ।

यसबारे रुसी सेनाले कुनै टिप्पणी गरेको छैन् । यसअघि रुसी फौजले राजधानी किभ नजिकैका विमानस्थलहरुमा क्षेप्यास्त्र हमला गरेको जनाएको थियो । एउटा फेसबुक सन्देशमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।

तर, रुसी रक्षा मन्त्रालयले आफ्ना विमानहरू खसालिएको विवरण अस्वीकार गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित