सुन्दरीले देखाए प्रतिभा

peacenकाठमाडौंं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०७३’का प्रतियोगी सुन्दरीले ट्यालेन्ट सो गरेका छन् ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा सोमबार आयोजित ‘ट्यलोन्ट शो’मा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो ट्यालेन्ट प्रदर्शन गरे ।

नेक्स्ट मोडल्स नेपालको आयोजना रहेको स्वस्थ्यसँग सम्बन्धित यो एक मात्र सौदर्य प्रतियोगिता हो । ट्यालेन्ट शोमा डा.सुजाता हीरा चन्द (अध्यक्ष नेपाल बेष्ट क्यान्सर फाउन्डेसन), दीपक घिमिरे (मोडल), दीपक श्रेष्ठ (चलचित्र निर्देशक), पदमराज जोसी (समाजसेवी)निर्णायक रहेका थिए ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको प्रतियोगीता नसिङ पेसा रहेका, अध्यायन गरिरहेका युवतीहरुका प्रतिभा निखार्ने उदेश्यले आयोजना गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

प्रतियोगीले अन्तिम स्पर्धाका लागि संन्चारकला, बिकाश मोटिभेसन, लिडरसिप ,डेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन् । प्रतियोगीका प्रशिक्षकको डा. आयुसमान घिमिरे, डा. संध्या चापागाइ, डा. सुजिता हिराचन, अनिल केसरी शाह लगायत रहेका छन् ।यहि १९ गते अन्तिमस्पर्धा हुने प्रतियोगिताका उपाधिका साथमा बिभिन्न अवसर र गिफ्ट उपहनारका रुपमा जित्न सक्नेछन् । अन्तिम स्पर्धा इमेज च्यानल टेलिभिजनले प्रत्येक्ष प्रसारण गर्नेछ ।दैनिकनेपालबाट

प्रतिक्रिया

सम्बन्धित