नेप्से कारोबारमा झिनो अंकको सुधार

Share++

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा झिनो अंकले सुधार आएको छ । नेप्से परिसूचक सोमबार १ दशमलव ५४ अंकले बढेर बन्द भएको छ ।

आइतबार घटेर बन्द भएको बजार आज झिनो अंकले सुधार आएको हो । नेप्सेमा आज ७५ कम्पनीले नाफा कमाएका छन् भने एक सय ४३ कम्पनी गुमाएका छन् । 

आज बजार खुलेको केही समयमा २३ अंकले बढेर २५ सय ६६ अंक पुगेको बजारदिनको अन्तिममा घटेर १ दशमलव ५४ अंकको सामान्य सुधार आएर बन्द भएको छ । कारोबार रकममा पनि केही सुधार आएको छ । 

सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकमको कारोबार भएको छ । आज आइतबारभन्दा ११ करोड बढीको कारोबार भएको छ । आइतबार दुई अर्ब ४९ करोडको कारोबार भएको थियो । 

सोमबार सबैभन्दा धेरै शिभम सिमेन्ट र नेपाल टेलिकमको सेयर कारोवार भएको छभने लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीहरुले धेरै रकम गुमाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित