आजदेखि ‘घर–घरजाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरू गर्दै कांग्रेस
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आजदेखि ‘घर–घरजाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुभारम्भ गर्दैछ। स्थानीय तहको निर्वाचनको तयारीका लागि केन्द्रीय प्रतिनिधि जिल्लामा परिचालन गरेर कांग्रेसले एकमहिने अभियानको प्रारम्भ आतइबार गर्न लागेको हो।
सबै जिल्लामा एकै दिन एकै समयमा दिउँसो १ बजे एकसाथ जिल्लास्तरीय रूपमा उद्घाटन समारोह हुने सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उद्घाटन समारोहमार्फत अभियानको उद्देश्य, समयावधि र कार्यक्रमको स्वरूपबारेजानकारी गराइने छ। समारोहमा वडा तहमा खटिएका प्रतिनिधिको नामावलीसार्वजनिक गरिनेछ र स्थानीय स्थिति र आवश्यकता अनुरूपको सङ्ख्यामा प्रतिनिधि टोली जिल्ला समितिको निर्णयअनुरूप वडामा खटिने बताइएको छ।
जिल्लास्तरीय उद्घाटन समारोहपश्चात् सम्पूर्ण कार्यक्रम स्थानीय तह, त्यसमा पनि मूलतः वडा र टोल केन्द्रीत हुनेछन्। त्यस्तै अधिवेशनबाट गठनभएको वडा समितिले अभियानको समयावधिभित्र (कार्यसम्पादन, विभागलगायत) आफ्नोसमितिको पूर्ण संरचना निर्माण गर्नेछन्। गठन गर्न बाँकी टोल समिति अभियानप्रारम्भ भएको दोस्रो साताभित्र अनिवार्य गठन गरिनेछन्।
आठ उद्देश्य
- आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न आठ उद्देश्य रहेका छन्।
- अभियान अन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिलगर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको पार्टी प्रवक्ता महतले जानकारी दिए।
- स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ।
- यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टीपङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उनलेबताए।
- कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षेकार्यकालमा भएका जनभावनाविपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने कांग्रेसको अभियान छ।
- प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागिबाध्यात्मकरूपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसकोनेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपिल गरिने प्रवक्ता डा महतले जानकारी दिए।
- राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कांग्रेसका सभापति एवंप्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसद्बाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाईबुँदागतरूपमा चिर्दै वास्तविकरूपमा राख्ने अभियानको उद्देश्य छ।
सबै जिल्लामा केन्द्रीय प्रतिनिधि
कांग्रेसले अभियान सुरु हुनु दुई दिनअघि सबै जिल्लामा पार्टीकाकेन्द्रीय प्रतिनिधि पठाएको छ। केन्द्रीय प्रतिनिधिलाई अभियान सुरु हुनुअघितथा सुरु भएपश्चात् वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्ने जिम्मेवारी तोकिएकोछ।
सङ्घीय संरचना निर्माणपश्चात्को यो प्रथम अभियान प्रभावकारीरूपले सफलबनाउन पार्टीको सात प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। सो क्रममा केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गर्ने, सम्पूर्ण कार्यक्रमको कार्यान्वयन गर्न आवश्यक जिम्मेवारी बाँडफाँट गर्ने, अभियानका कार्यक्रम व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय गर्ने, केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो प्रदेशभित्र अभियानमा आवश्यकतानुसार थप कार्यक्रम तर्जुमा गर्ने र आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने गरी प्रदेश समितिलाई जिम्मेवारी तोकिएको प्रवक्ता डा महतले जानकारी दिए।
एमसीसीको भ्रम हटाउन प्रशिक्षण
कांग्रेसले समाजका पुराना अग्रज, सहिद परिवार, द्वन्द्वकालका घाइते, अवकाश प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्यमी, साहित्यकार, पूर्वराष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान गर्ने गरी विभिन्न कार्यक्रम गर्ने जनाएको छ।
यसैगरी एमसीसीसम्बन्धी भ्रम निवारण र वास्तविकता प्रसारणका लागि प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ। मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने, निर्वाचन प्रचार अभियानलाई तोकिएको आचारसंहिता बाहिर जान नदिने गरी, पार्टी पङ्क्ति र जनतासमक्ष पनि आचारसंहिताबारे विस्तारितरूपमा सुसूचित गर्ने लगायतका कार्य अभियान अन्तर्गत रहेका छन्।
निर्वाचनमा पार्टीका उम्मेदवारको प्रचार अभियान एवं मतदानका दिनको बुथ व्यवस्थापन समेत दृष्टिगत गरेर अभियानको अवधिमै चुनाव केन्द्रित ‘वन बुथहन्ड्रेड युथ’ को अवधारणा बमोजिम स्वयंसेवक संरचना निर्माण गर्ने पार्टी कार्यालयले जनाएको छ। त्यस्तो संरचना निर्माणको नेतृत्व वडा समितिले गर्नेछभने संरचनामा सबै टोलको अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था गरिनेछ।
प्रतिक्रिया