स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

Nepali Congress

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने बताइएको छ ।

पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई दिइएको छ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी बारे पनि आजको बैठकमा छलफल हुनेछ । ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको पनि समीक्षा हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित