देशभर ३१९ जना संक्रमणमुक्त हुँदा थप २९ मा कोरोना पुष्टी

Corona_Test

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १५ जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा पीसीआर ५ हजार १५२ र ११५७ एन्टिजेन गरी ६ हजार ३०९ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा भएको पीसीआर परीक्षणामा पोजेटिभ रिपोर्ट देखिनेदर ०.३ प्रतिशत रहेको छ ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

३१९ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार २५४ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित