प्रसाईको अभिव्यक्तिप्रति वाईसिएल भक्तपुर संयोजकको आपत्ति, ‘वडा नं. ६ मा सदस्यमा जितेर देखाउनुस्’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाईसिएल नेपाल बागमती प्रदेश सदस्य तथा भक्तपुर जिल्ला संयोजक नरेश रञ्जीतले एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले बुधबार दिएको अभिव्यक्तिप्रति भत्र्सना गरेका छन् ।
जिल्ला संयोजक रञ्जीतले भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रसाईंले माओवादी केन्द्र र एकीकृत समाजवादीविरुद्ध दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै रञ्जीतले माओवादीलाई दिएको चुनौती स्वीकार्दै प्रसाईलाई मध्यपुर वडा नं. ६ को वडा सदस्यमा जितेर देखाउन समेत चुनौती दिए ।
रञ्जीतले सामाजिक सञ्जालमा लेखेका छन्, दुर्गा प्रसाईलाई म चुनौती दिन चाहन्छु।
म नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को एक इमान्दार थ्ऋी नेपालको सिपाही हुँ र योद्धा पनि उनले भक्तपुरमा आएर तरकारी व्यापारको नाममा दिएको धम्की र देश भरी माओवादीलाई दिएको चुनौती पछि मेरो गम्भीर ध्यान आकर्षण भएको छ र तपाईलाई केहि भन्न मन लाग्यो, प्रसाईँ जी तपाईले स्यालको हुल देखाएर सिंहलाई तर्साउन खोज्नु भएको होरु यदि हो भने तपाईको धम्की हात्ती आयो हत्ती आयो फुस्सा हुनेछ,तपाई आफुले आफुलाई ठुलै सोच्नु हुदोरहेछ म धेरै त भन्दिन यदि हिम्मत भए तपाई बस्ने मध्यपुर वडा नं। ६ मा वडा सदस्यमा जितेर देखाउनुस,भक्तपुर आएर पैसाको आडमा घमण्ड पलाको हो भने तपाईको घमण्ड जल्न लागेको बत्ती जस्तो हुनेछ, हेका रहोस ।
प्रतिक्रिया