त्रिकोणात्मक टी-२०ः उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

Cricket_Trophy

काठमाडौं । नेपाल र पपुवान्युगिनी आज उपाधिका लागि फाइनल खेल खेल्दैछन् । त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले पीएनजी विरुद्ध खेल्ने भएको हो ।

दिँउसो साढे १२ बजेबाट सुरु हुने फाइनलमा अपराजित हुँदै नेपाल फाइनल प्रवेश गरेको थियो भने पीएनजी नेट रनरेटका आधारमा दोस्रो हुँदै फाइनल प्रवेश गरेको थियो ।

सिरिजमा नेपाल, पीएनजी र मलेसिया सहभागी भएका छन् ।

नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर उच्च लयमा छ । पीएनजीले भने ३ खेल हार्दा मलेसियालाई एक खेलमा मात्र हराएर २ अंक जोडेको थियो ।

मलेसियाले पनि १ खेल जित्दै उति नै अंक बनाएको थियो । तर नेट रनरेटमा भाग्यमानी बनेको पीएनजीले मलेसियालाई पछि पार्दै नेपालसँग फाइनल भिडन्त पक्का गरेको हो ।

कीर्तिपुरमै अघिल्लो साता भएको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित हुँदै श्रृंखला गुमाएको थियो । त्यसपछि टी-२० मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालल एकदिवसीमा व्यहोरेको हारको बदला लिँदै श्रृंखलाको उपाधि जित्ने लक्ष्यमा छ । हुन त नेपालले टी-२० को दुवै लिग खेलमा पीएनजीलाई हराएर बदला लिइसकेको छ । तर फाइनल खेलमा पनि लिगको लय कायम राख्दै अपराजित रहेर उपाधि जित्ने नेपालको चाहना छ ।

प्रतिक्रिया

सम्बन्धित