देशभर २१ जना संक्रमणमुक्त, थप १४ जनामा कोरोना पुष्टी

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २७१६ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै नेपालमा थप २१ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेको अवस्थामा देशभर २०५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

गत २४ घन्टामा देशभर ६९ हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

गत २४ घन्टामा कोही पनि संक्रमितले ज्यान नगुमाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित