मध्यपुर थिमि नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुख माओवादीबाट विजय श्रेष्ठ विजयी

Madhyapur

 

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले विजयी हासिल गरेको छ । मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका हुन् ।

सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतले पराजित गरे । सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गर्दा मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे ।

उपमेयरमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरे । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे । नेपालले ८९६३ मत पाइन् । 

मध्यपुर थिमि नगरको वडा नम्बर १, २, ३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले र ८ वडामा नेमकिपाले वडाध्यक्षमा जितेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित