बालेनलाई १७ हजार मतान्तरको अग्रता, सिंह र स्थापितबीच दोस्रोका लागि प्रतिस्पर्धा

Balen_Sah

काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।

अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् । 

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।

साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित