२३ हजार ५९१ जनालाई जग्गा धनी प्रमाण पुर्जा दिइयो: राष्ट्रपति

president

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताएकी छिन् । 

विभिन्‍न कारणले जग्गा धनी प्रमाण पुर्जा नभएका नागरिकहरूलाई सरकारले पुर्जा दिएको राष्ट्रपति भण्डारीले बताएकी हुन् । 

भूमिहीन र सुकुम्वासी नागरिकहरूलाई सरकारले स्थानीय तह निर्वाचनअघि पुर्जा उपलब्ध गराएको थियो ।

राष्ट्रपति भण्डारीले २०७८ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने रदेशलाई मध्य आय भएको मुलुकमा पुर्‍याउने सरकारको लक्ष्य रहेको पनि बताएकीछिन् । 

सन् २०२६ सम्ममा अति कम विकासोन्मुक मुलुकबाट स्तरोन्नती गरिने र त्यसका लागि ठोस योजना कार्यान्वयमा ल्याइने उनको भनाइ छ । 

यस्तै, कोभिड महामारीको बेला असहज परिस्थितिका कारण अर्थतन्त्रको बाह्यक्षेत्रमा चाप परेको तर विस्तारै विप्रेषण र पर्यटन आयमा सुधार हुँदै गएकोराष्ट्रपति भण्डारीको दाबी छ । 

अब क्रमशः आर्थिक संरचनाहरूलाई सबल बनाउँदै संकटग्रस्त जस्तै बनेको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्नेमा उनको जोड छ । 

प्रतिक्रिया

सम्बन्धित