नेपालमा थप १२ मा कोरोना पुष्टी हुँदा १३ जना संक्रमणमुक्त

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणमा ८ र एन्टिजेन परीक्षणबाट ४ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ३८७ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण २२३८ र एन्टिजेन परीक्षण ११४९ भएको छ ।

१३ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट कसैको मृत्यु भएको छैन। अहिले देशभर सक्रिय संक्रमितको संख्या १२४ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित