एमालेको जनप्रतिनिधि प्रशिक्षणमा ओली भन्छन्, 'हामीले चुनावमात्र लडेनौं, अधिनायकवादसँग लड्यौँ'
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तह निर्वाचनमा चुनावमात्र लडेर एमालेले अधिनायकवादसँग पनि लड्नुपरेको बताएका छन् ।
काठमाडौंमा बिहीबार आफ्ना निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले चुनावमात्र नलडेर अधिनायकवादसँग पनि लड्नुपरेको बताएका हुन् ।
‘हामीले चुनावमात्र लडेनौँ, अधिनायकवाद, तानाशाही, दमनकारीसँग लड्नु पर्यो,’ ओलीले भने, ‘उनीहरुसँग लडेर जितेर आउनुभयो । बधाई छ ।’
सत्तारुढ दलले राज्यशक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको ओलीको आरोप छ ।
नेकपा एमालेले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिलाई आजबाट दिने दुई दिने प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षण कार्यक्रममा देशभरबाट पार्टीको प्रतिनिधित्व गरी निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी रहेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेबाट २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरु निर्वाचित भएका छन् ।
प्रतिक्रिया